हिमश्मिको दुवै टोली सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ६ गते, शनिबार ०३:२२

काठमाडौं, माघ ५ गते ।
हिमरश्मिको ब्वाइज र गल्र्स दुवै टोली सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा हिमरश्मिले प्रगतिलाई २५–१७ ले पराजित ग¥यो । हिमरश्मिका आयुश थापाले ५ अंक जोडे ।
ब्वाइजमै एन्जल्स हार्टले न्युटनलाई २८–१९ तथा सेबले पुष्पकुञ्जलाई ३८–१९ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एन्जल्स हार्टका जितेन्द्र चौधरीले १२ तथा सेबका सुमित राईले ९ स्कोर गरे । सेमिफाइनलमा एन्जल्स हार्टको भेट हिमरश्मिसंग हुनेछ भने सेबले लालीगुराँस नेसनल एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
डाँडागाउँस्थित हिमरश्मिकै कोर्टमा भइरहेको प्रतियोगिताको गल्र्समा हिमरश्मिले न्युटनलाई १६–१२ ले पाखा लगायो । हिमरश्मिकी सिर्जना तामाङले ९ अंक जोडिन् ।
अन्य खेलमा सेबले कौशललाई २०–१५, फेरिल्यान्डले प्रगतिलाई १९–१२ र एन्जल्स हार्टले लालीगुराँसलाई २०–१९ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । सेबकी सुस्मिता पराजुलीले ६, फेरिल्यान्डकी स्नेहा महतले ७ र एन्जल्स हार्टकी अन्शु शर्माले ६ स्कोर गरे । सेमिफाइनल एन्जल्स हार्ट र फेरिल्यान्ड तथा हिमरश्मि र सेबबीच हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु