नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

एक्सन चलचित्र ‘अगस्त्यः च्याप्टर वन’को महत्वपूर्ण भूमिकामा निश्चल बस्नेत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ६ गते, शनिबार ०३:३८

काठमाडौं ।एक्सन चलचित्र ‘अगस्त्यः च्याप्टर वन’को महत्वपूर्ण भूमिकामा निश्चल बस्नेत पनि जोडिएका छन् । बस्नेतको जन्मदिनको अवसरमा बिहीवार क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माताले यो खुलासा गरेका हुन् ।

यसअघि फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महतबारे मात्रै चर्चा गरिएको थियो । निश्चलको प्रवेशसँगै यो मल्टिस्टारर फिल्मको लाइनअप थप बलियो भएको अनुमान गरिएको छ ।

क्यारेक्टर पोस्टरमा निश्चललाई अजित पात्रको नामबाट चिनाइएको छ । एक ‘योंग्री योङ म्यान’को लुक्समा बस्नेत देखिएका छन् । सौरभ चौधरीको निर्देशन रहेको ‘अगस्त्य’ फागुन १८ गते प्रदर्शन हुँदैछ ।

फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि मुख्य भूमिका छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु