ब्लड क्यान्सरबाट ग्रसित दिवस खनाललाई धावा गोरखा सम्पर्क समितिद्वारा सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ६ गते, शनिबार १२:५६

काठमाडौं । गोरखाका एक ब्लड क्यान्सर पीडित बालकलाई सहयोग गरिएको छ ।

भिमसेनथापा गाउँपालिका वडा नम्बर–३ का ब्लड क्यान्सरबाट पीडित १४ वर्षीय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

धावा गोरखा सम्पर्क समिति दिल्लीबाट रकम संकलन गरी ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । धावा गोरखा सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले संकलन भएको एक लाख तीन सय तेह्र रुपैयाँ ब्लड क्यान्सर पीडित बालकका आमा बिमला खनाललाई उत्त रकम हस्तान्तरण गरेका हुन् ।

सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
सामान्य परिवारका सदस्य उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु