एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

नेशनल डिजाईनर रनवे २०२४ को प्रथम अडिसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ७ गते, आईतवार ११:०६

काठमाण्डौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको फेसन डिजाईनर र मोडलहरुको बृहद प्रतियोगितात्मक कार्यक्रम नेशनल डिजाईनर रनवे, चौथो संस्करण (२०२४) को प्रथम अडिसन सम्पन्न भएको छ । काठमाण्डौंको कमल पोखरी स्थित सिटि सेन्टरमा रहेको टेस्ट टाउन फूड कोर्टमा शनिवार उक्त अडिसन सम्पन्न भएको हो । बरिष्ठ संचारकर्मी सरोज ओझा, पूर्व मोडल एवं महिला उद्यमी रुवि महतो र डिजाईनर रन वे दोस्रो संस्करणका विजेता बिप्लव राज नागर नहर एवं उपविजेता सरला डंगोल निर्णायक रहनु भएको उक्त अडिसनमा कुल २५ जना डिजाईनर र ६० जना मोडलहरु सहभागी थिए । सहभागी डिजाईनरहरुले डिजाईन शो र मोडलहरुले र्याम्प वाकसहित अडिसन दिएका छन् । उक्त अडिसनमा व्युटि प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाईनहरु सहभागी रहेको निर्णायक मण्डलमा रहनु भएका बरिष्ठ संचारकर्मी सरोज ओझाले जानकारी दिनुभयो ।

चौथो संस्करणको नेशनल डिजाईनर रनवेको फिनाले २८ फेव्रुअरीमा सुकुटे विचमा हुने मोडल सङ्स नेपालका प्रबन्ध निर्देशक स्वोस्ती दंगालले जानकारी दिनुभयो । प्रतियोगितामा फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएर प्रस्तुत हुने उहाँले बताउनुभयो । प्रबन्ध निर्देशक दंगालले डिजाईन र र्याम्प वाकका आधारमा विजेता घोषणा गरिने पनि जानकारी गराउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु