सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

धावक रोकाय र रेफ्री श्रेष्ठ सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ८ गते, सोमबार ०५:४५

टेक्सास कलेजले ओलम्पियन हरिबहादुर रोकाय र ई–स्पोर्ट्स रेफ्री क्षितिज श्रेष्ठलाई सम्मान गरेको छ ।
बार्षिक ईसीए मिट (अतिरिक्त क्रियाकलाप कार्यक्रम) को अवसरमा टेक्सास कलेजले रोकाय र श्रेष्ठलाई मित्रपार्कस्थित कलेजमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । कार्यक्रममा उहाँहरूलाई कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेल र सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।
जुम्लाका धावक रोकायले सन् १९९२ मा बार्सिलोना (स्पेन) मा भएको गृष्मकालीन ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । एथलेटिक्स प्रशिक्षकसमेत रहेका उनले ट्रेल रनिङमा गिनिज वल्र्ड रेकर्डस् पनि बनाएका थिए । टेक्सास कलेजका पूर्वविद्यार्थी रहेका श्रेष्ठ आईईएसएफ (इन्टरेसनल ई–स्पोर्ट्स फेडेरेसन) ले पहिलोपल्ट गत नाभेम्बरमा दक्षिण कोरियाको बुसानमा आयोजना गरेको ई–स्पोर्ट्स टायर २ रेफ्री कोर्स उत्तीर्ण गरी पहिलो ब्याचका रेफ्री भएका हुन् । उनी मोटर स्पोर्ट्सका मार्शल र बुद्धिचालका आर्बिटरसमेत हुन् ।
कलेजको ईसीए मिटको अवसरमा यसपाली ई–स्पोर्ट्सका मोबाइल लिजेन्ड र ई–फुटबल पनि समावेश गरिएको थियो । त्यससँगै फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, बुद्धिचाललगायत विभिन्न २० खेलका प्रतिस्पर्धामा विजयी विद्यार्थी खेलाडीहरूलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु