मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

परीक्षा पास गरेर राजश्वसमेत बुझाएकाहरुलाई छिटो लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्री दाहालको निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ८ गते, सोमबार १८:४१

काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरू बोलाएर राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र र राहदानी सेवालाई थप व्यवस्थित बनाउनेबारे छलफल गरेका छन् ।

साथै, उनले सवारीचालक अनुमतिपत्रको परीक्षा पास गरेर राजश्वसमेत बुझाएकाहरुलाई छिटो लाइसेन्स उपलब्ध गराउन निर्देशनसमेत दिएका छन् ।

‘जो–जो नागरिकले सवारीचालक अनुमतिपत्रको परीक्षा पास गरेर राजश्वसमेत बुझाउनुभएको छ, उहाँहरूको लाइसेन्स छिटो उपलब्ध गराउनुस्। यो राज्यको दायित्व हो,’– प्रधानमन्त्री प्रचण्डले भने ।

आजको दुनियाँ प्रविधिको दुनियाँ बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले इन्टिग्रिटेड टेक्नोलोजीमा जानुको अर्को बिकल्प नरहेको बताए । साथै, उनले देशका लागि आवश्यक पर्ने प्रविधिको विकास र प्राविधिकहरूको उत्पादन राष्ट्रिय कार्यभार भएको बताउँदै यसका लागि योजनावद्ध रूपमा काम गर्न आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु