एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

सितोरियोको स्पोर्ट डाटा सन्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ९ गते, मंगलवार ०७:०५

नेपाल सितोरियो कराते संघले आफ्नो हेरक गतिबिधि चुस्त, दुरुस्त, पारदर्सिता सहित प्रत्येक सितोरियो करातेकर्मी बिच संघको सबै अफिशियल कार्यक्रम प्रत्यक्ष जानकारी गराउने उदेश्यले स्पोर्ट डाटा बेस र वेभ साईट सोमबारदेखि सन्चालनमा ल्याएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त स्पोर्ट डाटा बेस र वेभ साईटको औपचारिक एक कार्यक्रम विच उदघाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङगले स्पोर्ट डाटा सन्चालन पछि सितोरियो करातेकर्मीले आफ्नो सबै डाटाहरु सहजै हेर्न सकिने भएको हुँदा उक्त कार्यको प्रशंसा गरे । सदस्य–सचिव घिसिङले अन्य संघले पनि यस्तो कार्यको थालनी गर्नुपर्नेमा जोड दिए ।
नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले आगामी दिनमा स्पोर्ट डाटा सन्चालनले सितोरियो कराते मातहतमा रहेका देश भरिका डोजो÷क्लब÷विद्यालयका खेलाडी, प्रशिक्षकसहित सम्पुर्ण सितोरियो करातेकर्मीको डाटा संकलन गरिने बताउदै डाटा बेसले सबै खेलाडीहरुले आफ्नो प्रमाण पत्र र आफुले प्राप्त गरेका उपलब्धिहरु सक्कली हो वा होईन भनेर सजिलै हेर्न तथा जानकारी लिन सकिने बताए ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले संसारको सूचना प्रविधिले फड्को मारिरहेको सन्दर्भमा यस डाटा बेस सन्चालनले सितोरियो करातेलाई ब्यवस्थित र सुदृढ गराउनमा बिशेष भुमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । डाटा बेस उद्घाटन समारोहमा सिनियर कराते खेलाडी निर्मलकुमार शर्मालाई मानार्थ ५ औं डान प्रदान गरिएको थियो । पूर्व कराते खेलाडी शर्माले निशुल्क संघको वेभसाइट र स्पोर्ट डाटा बेस बनाइ दिएका हुन् । उनी प्राज्मा इन्फो टेकका निर्देशक हुन् ।
डाटा वेसको प्रभावकारिता वारे कराते प्रशिक्षक कुशल श्रेष्ठ र निर्मलकुमार शर्माले जानकारी गराएका थिए । नेपाल सितोरियो कराते संघको गत भदौमा निर्वाचन सम्पन्न पश्चात देशैभरि दिक्षान्त कार्यक्रम सञ्चालन भई ६ वटा प्रदेशमा सम्पन्न भईसकेको र यो डाटा बेससहित वेभसाईट सन्चालन बिशेष उपलब्धिको रुपमा लिएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्रबहादुर खपाङगी ‘ईश्वर’ ले जानकारी गराए ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष मजिन्द्र सिंह, उपाध्यक्षहरु मकेन्द्रबहादुर सिंह, कृष्ण गौतम, प्रेमलाल वम्जन, कार्यलय प्रमुख राजेन्द्रकुमार क्षेत्री, सितोरियो कराते संघका पदाधिकारीहरु, प्रशिक्षक खेलाडी तथा करातेकर्मीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु