मेनुका पौडेल: इण्डियन आइडलको उत्कृष्ट १० मा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १० गते, बुधबार ०४:३५

काठमाडौं । मेनुका पौडेल नेपाल आइडलको अन्तिम ११ बाट बाहिरिएकी थिइन् । उनी निकै प्रतिस्पर्धात्मक मानिएको इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरिन् ।

बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भयो । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको उक्त एपिसोडबाट भएको हो ।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए । जसअनुसार ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु