तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ड्रेस्डेन करातेमा सायाङले खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १० गते, बुधबार २०:१६

जर्मनीको डे«स्डेन खुला कराते प्रतियोगितामा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
जनवरी २७ तारिखमा हुने प्रतियोगितामा सायाङले ३६ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । सायाङको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । टिम व्यवस्थापकमा एकेडेमीकी प्रमुख कार्यकारी सुशिला लामा तथा प्रशिक्षकमा डिगम्बरप्रसाद पन्त रहेका छन् ।
टोलीलाई नेपाल सितोरियो कराते संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र नेपाल सितोरियो कराते संघका सचिव प्रेमलाल बमजन बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली बिहीबार जर्मनी प्रस्थान गर्ने छ ।
विदाइ कार्यक्रममा नेपालमा भएको सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको यु–२१ उमेरसमूहको ६७ केजीमा रजत जितेका एकेडेमीका खेलाडी अनिल बरामलाई पनि सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु