नेपालका राष्ट्रिय क्रिकेट खेलाडीको गन्तव्य बन्दै अस्ट्रेलिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ११ गते, बिहीबार १२:४६

फुटबल खेलाडीपछि नेपालका राष्ट्रिय क्रिकेट खेलाडी पनि अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्न जाने क्रम बढेको छ। अस्ट्रेलिया जाने सूचीमा थपिएका पछिल्ला क्रिकेट खेलाडी हुन्, नेपाल पुलिस क्लबका ओपनर सुनील धमला।

धमला जारी प्रधानमन्त्री कप बीचैमा छाडेर अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्न जाने भएका हुन्। उनलाई बुधबार मुलपानी क्रिकेट मैदानमा क्लबका सहकर्मीले विदाइ गरेका छन्।

बुधबार पुलिसका लागि अन्तिम खेल खेल्ने क्रममा धमलाले मधेस प्रदेशविरुद्ध २८ रन जोडे।

धमला नेपालको यू-१९ टिम हुँदै सिनियर टिममा पनि परेका थिए। उनले नेपालका लागि एउटा एकदिवसीय र ५ लिस्ट एका खेल खेलेका छन्। उनले ओमानविरुद्ध २०२२ मा एकदिवसीय खेलमा डेब्यूको अवसर पाएका थिए।

त्यसअघि उनले २०१७ मै राष्ट्रिय टिमबाट डेब्यू गरे पनि उनी नियमित टिममा पर्न सकेनन्। उनले सन् २०१६ को यू-१९ विश्वकपमा नेपाली टिमबाट खेलेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु