भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को प्रसारण फागुन ३ गतेदेखि हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ११ गते, बिहीबार १४:०४

काठमाडौं ।टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को प्रसारण फागुन ३ गतेदेखि हुने भएको छ । अडिसनबाट ३० जना प्रतिस्पर्धी छानिएको जनाइएको छ । कुल ३३ एपिसोडको यो शो कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । विशाल भण्डारीले निर्देशन गर्ने शोलाई थ्री प्रोडक्सनले निर्माण गर्न लागेको हो ।

केकी अधिकारी, रीमा विश्वकर्मा र विशाल भण्डारी निर्माताको रुपमा छन् । जजको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माले निरन्तरता पाएका छन् ।

रीमा र मेक्सम गौडेल होस्टको रुपमा हुनेछन् ।

यो शो हरेक साता बिहीबार र शुक्रबार राति ९ देखि साढे १० बजेसम्म प्रसारण हुने जनाइएको छ । सिजन १ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजनका विजेता भरतमणि पौडेल हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु