सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

नेपालको ठूला–ठूला पूर्वाधार विकासमा भारतको सहयोग : डा.राजन भट्टराई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ११ गते, बिहीबार १६:१८

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का नेता एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताएका छन् । भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित ‘नेपाल–भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको आन्दोलनको प्रभावस्वरुप नेपालमा तत्कालीन समयमा राजनीतिक परिवर्तन भएको बताए ।

उनले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरु विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईलगायतका थुप्रै नेताहरुले आफूलाई सहभागी गराएका समेत स्मरण गरे । भारतको आन्दोलनको प्रभावस्वरुप राजनीतिक चेतनाको विकास भएर राणा शासनबाट नेपाललाई मुक्त गराउनुपर्छ भन्ने चेतनाले तत्कालीन नेपाली नेताहरु लागिपरेका उनले बताए । उनले नेपाललाई राणा शासनबाट मुक्त गराउनमा भारतीय स्वतन्त्रता आन्दोलनको ठूलो योगदान र प्रभाव रहेको बताए ।

उनले नेपाल–भारतबीच भौगोलिक, संस्कृति र सभ्यताको हिसाबले सामिप्यता रहेको बताए । साथै, ऐतिहासिक, राजनीतिक, आर्थिक सम्बन्ध, खुल्ला सीमाबाट लगायतका हिसाबले दुई देशबीच सम्बन्ध अत्यन्त घनिष्ठ र भावनात्मक सम्बन्ध पनि राम्रो रहँदै आएको समेत उनले बताए ।

नेता भट्टराईले भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा भारतीय जनता र भारत सरकारलाई आफू र आफ्नो पार्टी एमालेको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे । अहिले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतले ओगटेको बताउँदै उनले लगानी र नेपालको ठूला–ठूला पूर्वाधार विकासमा भारतको सहयोग रहेको स्मरण गराए । नेपालका दुई छिमेकी मुलुकहरु अहिले तीब्रतर समृद्धिको बाटोमा रहेका बताउँदै उनले दुई छिमेकी मुलुकहरुबाट नेपालले पनि सिक्न आवश्यक रहेको बताए ।

‘भारत अहिलेपनि हाम्रो झण्डै दुई तिहाइ वैदेशिक व्यापार, चाहे त्यो आयातको हिसाबले होस् वा निर्यातको हिसाबले होस् भारतनै हो । लगानीका हिसाबले भारत नेपालको पहिलो लगानीकर्ता मुलुक, अरु थुप्रै हिसाबले पनि भारत सरकारको सहयोगमा नेपालका थुप्रै पूर्वाधारका क्षेत्रहरुको विकास भएको छ । आर्थिक विकासमा भारतले सहयोग गरेको छ ।’ उनले भने, ‘छिमेक सम्पन्न हुँदा, छिमेक समृद्धिको दिशमा अगाडि बढ्दा, चाहे भारत बढोस्, चाहे चीन बढोस् । हाम्रा दुईवटा छिमेकी देशहरु उनीहरु समृद्धि र विकासको बाटोमा छन् । तीब्रतर आर्थिक विकासको प्रतिस्पर्धा गर्ने अवस्थामा उनीहरु पुगेका छन् ।’

नेता भट्टराईले नेपालले छिमेकी देशको तुलनामा विकास र समृद्धिमा किन पछि पर्यो भनेर सोच्न जरुरी रहेको बताए । उनले भारत र चीनले पहिल्याएको आर्थिक विकास र समृद्धिको बाटोलाई नेपालले.पनि अनुशरण गर्नुपर्ने आवश्यकत्ता औंल्याए । २०७४ सालको निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारले देश र जनताको पक्षमा उल्लेख्य काम गरेको उनको दाबी छ ।

त्यसपछि बनेका सरकारका कारण छिमेकी मुलुक भारत, चीन, बंगलादेश, भुटान आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहँदा पनि नेपाल भने समृद्धिको दिशामा अगाडि बढ्न नसकेको बताए । अदालतले बनाइदिएको सरकार र नयाँ निर्वाचनपछि बनेको सरकारले मुलुकलाई छिमेकी मुलुकहरुले झैं संगसँगै प्रतिस्पर्धामा लान नसकेको उनको टिप्पणी छ ।

देशका समृद्धि र विकासका लागि संविधान र व्यवस्था, वातावरण, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बाधक नरहँदा पनि मुलुकले गति लिन नसकेको उनले बताए । नेता भट्टराईले वर्तमान सरकार अल्मलिरहेको टिप्पणी गरे । अहिलेको सरकारले मुलुकको आर्थिक अवस्था न्युनतम खर्च गर्न सक्ने क्षमतासमेत गुमाएर कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको बताए । प्रधानमन्त्री प्रचण्डले हरेक दिन कर्मचारी जम्मा पारेर निर्देशन दिइरहँदा कुनैपनि क्षेत्रमा सुधारको गति नदेखिएको उनको भनाइ छ । उनले वर्तमान सरकार एकपछि अर्को काण्डमा मुछिएको र पूर्ण रुपमा असफल भइसकेको दाबी गरे । युवाहरु कतिबेला १२ पास गरौं र विदेश जाउँ भनेर बसिरहेको उनले बताए ।

‘सरकार एकपछि अर्को काण्डमा मुछिएको छ । चौतर्फी असफल भइरहने, मुलुक संकटग्रस्त भइरहने, आम जनता र युवामा निराशा छाउने, निराशा क्रमशः आक्रोशमा परिणत हुँदै गएको छ ।’ उनले भने, ‘कतिखेर १२ पास गरौं र म मुलुक छोडौं भनेर युवाहरु पलायनको डरलाग्दो स्थिति देखापरिरहेको छ ।’

युवाहरुलाई विदेश पठाएर र त्यहाँबाट आएको रेमिट्यान्सले देश विकास नहुने उनको भनाइ छ । यस अवस्थाको निकास खोजिनुपर्ने उनले बताए । व्यवस्था र संविधानलाई दोष दिनुभन्दा पनि सरकारको बागडोर सम्हालेकाहरुले यसको जिम्मेवारी लिनुपर्ने र निकास दिनुपर्ने उनले बताए ।

अहिले देशको आर्थिक गतिविधि शून्य अवस्थामा रहेको र लगानीका लागि कोही तयार नरहेको उनले बताए । अहिले सबैमा आतंक रहेको र भ्रष्टाचार मौलाएको उनको आरोप छ । राजनीति बिग्रिँदा ५/१० वर्षमा सुधार्न सकिएपनि अर्थतन्त्र बिग्रेको खण्डमा सुधार्न निकै लामो मेहनत गर्नुपर्ने भन्दै उनले देशको अर्थतन्त्र जोगाउनु अहिलेको आवश्यकता भएको बताए । नेता भट्टराईले वर्तमान सरकारले गठबन्धन जोगाउने भन्दा अर्को कुनै काम गर्न नसकेको बताए ।

वर्तमान सरकार असफल भइसकेको भन्दै उनले एमाले वैकल्पिक सरकार दिन तयारी अवस्थामा रहेको समेत संकेत गरे । सरकार चौतर्फी असफल भइरहँदा प्रतिपक्षले सरकारको गुणगान गाएर नबस्ने उनको भनाइ छ ।

‘हामी प्रमुख प्रतिपक्ष हौं । प्रमुख प्रतिपक्ष वेटिङ गभर्मेन्ट हो । सरकार सफलतापूर्वक अगाडि बढेको भएपनि त हेरौं, बेनिफिट अफ डाउट दिउँ भनौं । एकपछि अर्को असफलतामा सरकार हुने अनि प्रमुख प्रतिपक्षले चाहीँ ठीक भएको छ भनेर ताली बजाइदिनु्पर्ने नठानौं,’–उनले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु