दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोहित सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ११ गते, बिहीबार १९:५४

बागलुङका रोहित कायेट दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल भए ।
नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीको समूह ‘ए’ मा नुवाकोटका विजय राई, कास्कीका जसबहादुर गुरुङ, ललिपतुरका गोरक्ष खड्का र एनआरएनएका योगेन्द्र ग्याल्छो घलेले सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भइरहेको प्रतियोगिताको उक्त तौलसमूहको समूह ‘बी’ मा सर्लाहीका सविन वाइबा, काठमाडौंका मनीष राई, खोटाङका अनिल वज्राचार्य र एपीएफका निरज नगरकोटीले सेमिफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा करिब १ सय खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु