नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

“ज्ञानाेदय स्कुल ज्यामिरकोटमा पुरस्कार वितरण “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार १९:१७

माघ -१२, प्रत्येक शुक्रबार विद्यालयले विद्यार्थीहरु बिच अतिरिक्त क्रियाकलाप संचालन गर्ने गर्दछ । हरेक हप्ता संचालन भएका अतिरिक्त क्रियाकलाप अन्तरगत हाजिरी जवाफ, सम्वाद लेखन, हिसाब दौड, हिसाब सुत्र संकलन प्रतियोगितामा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको जानकारी विद्यालयका प्र.अ मेघनाथ अधिकारीले जानकारी गराए ।

सो पुरस्कार वितरण कार्यक्रममा यस वर्षको दोस्रो त्रैमासिक परीक्षाफल प्रकाशित गर्नुका साथै परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी भाइ-बहिनीहरूलाई पुरस्कार वितरण गरिएको कुरा ब्यवस्थापन समितिका सदस्य सोकनाथ गौतमले जानकारी गराए ।

विद्यालयका शिक्षक माधब नेपालले अतिरिक्त क्रियाकलापमा उत्कृष्टता प्राप्त गर्ने र परीक्षामा विभिन्न स्थान प्राप्त गर्ने सबै विद्यार्थी भाइ-बहिनीहरूलाई बधाई दिदै आगामी दिनमा पहिलो प्राथमिकता पढाइलाई दिई थप मेेहनतका साथ अझ राम्रो गर्दै जान हौसला प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु