नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

खेलाडीलाई आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार १९:५९

काठमाडौं, माघ १२ गते ।राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ उपचारका लागि दुई खेलाडीलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
पूर्व टेबलटेनिस खेलाडी सन्ध्या शाक्य तथा पूर्व उसु खेलाडी मोहन पाण्डेलाई समान १–१ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जनाएका छन् ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । पाण्डेको सहयोग रकम भने उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामामार्फत हस्तान्तरण गर्ने गरी लामालाई प्रदान गरिएको थियो । सन्ध्याले क्यान्सर तथा पाण्डेले कलेजो र किड्नीको उपचार गराइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु