एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

शुक्रद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार २०:०४

धरान, माघ १२ः नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका छन् ।
अन्तिम दिन १–अन्डर ६९ सहित समग्रमा ३–अन्डर २ सय ७ को स्कोरमा धरानका अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै शुक्रले लगातार दोस्रो पटक उपाधि जितेका हुन। शुक्रको यो करियरको दशौं प्रमुख उपाधि हो। उनले उपाधिसँगै नगद १ लाख ४० हजार प्राप्त गरेका छन। दशौं उपाधि जित्दै शुक्रले भेट्रान प्रो दीपक थापा मगर र पुर्व नम्बर एक गल्फर दीपक आचार्यसँग उपाधि सङ्ख्या बराबरी गरेका छन् ।
अन्तिम १८ होलको सुरूवात गर्दा मात्र एक स्ट्रोकले पछि रहेका नीरजले आज शुक्रलाई चुनौती दिन सकेनन् । ३–ओभर ७३ को खराब प्रदर्शन गर्दा समग्रमा २–ओभर २ सय १२ को नतिजामा दोस्रो स्थानमा खेल सकाए। उनले ९६ हजार नगद हात पारे। पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३–ओभर २ सय १३ सहित तेस्रो भए। उनले आज १–ओभर ७१ मा खेल सकाए। उनले ७२ हजार प्राप्त गरे।
समग्रमा ७–ओभर २ सय १७ को स्कोरमा राजेन राई, भुवन कुमार रोक्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। राजेन र भुवनले आज ३–ओभर ७३ मा खेल सकाउँदा रामेले १–ओभर ७१ खेले। उनीहरूले जनही ५० हजार ५ सय नगद पुरस्कार आफ्नो नाममा लेखाए।
समग्रमा ९–ओभर २ सय १९ को स्कोरमा रबि खड्का सातौं हुदै ३९ हजार नगद हात पारे। उनले आज ५–ओभर ७५ मा खेल सकाए। समग्रमा १० ओभर २ सय २० को नतिजा निकालेका सञ्जय लामा र सूर्य प्रसाद शर्माले संयुक्तरुपमा आठौं स्थानमा प्रतियोगिता सकाए। उनीहरूले जनही ३४ हजार २ सय ५० नगद प्राप्त गरे। धरानका देउराज पाख्रीनले समग्रमा ११–ओभर २ सय २१ को स्कोरमा दशौं हुदै ३१ हजार हात पारे। आज उनले ३–ओभर ७३ मा खेल पुरा गरे।
एमरच्योरतर्फ गजेन्द्र गुरूङ समग्रमा ८–ओभर २ सय १८ सहित युवराज भुजेललाई काउन्ट ब्याकमा हराउँदै उपाधि जित्न सफल भए। आज गजेन्द्रले ३–ओभर ७३ र युवराजले ६–ओभर ७६ को स्कोर गरे। समग्रमा ११–ओभर २ सय २१ सहित सुमन परियार र सुन्दर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। सुमनले आज इभन–पार ७० मा खेल सकाउँदा सुन्दरले ५–ओभर ७५ मा खेल पुरा गरे।
अन्तिम १८ होलको खेल सुरू हुदा शुक्र नीरज भन्दा मात्र एक स्ट्रोकले पछि रहेकोले उपाधि दौड प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो। तर नीरजले शुक्रलाई चुनौती दिन सकेनन। शुक्रले सानदार सुरूवात गरे। तेस्रो देखि छेटौं होलसम्म लगातार चार बर्डीको सफलता प्राप्त गरे। आठौं होलमा एक सट गुमाएपछि फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे। सुरूवात राम्रो गरेपछि शुक्रले ब्याक नाइन बिना दबाब खेले। ११औं होलमा एक सट बचाउँदा १३औं, १४औं र १६औं होलमा बोगी खेपे। ब्याक नाइन २–ओभर ३६ मा पुरा गरेपनि ५ स्ट्रोकको सानदार नतिजामा च्याम्पियन बने।
नीरजले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। तेस्रो, छैटौं र नवौं होलमा एक–एक सट बचाए। तर पाँचौँ र आठौं होलमा बोगी प्रहार गरे। फ्रन्ट नाइन सकिंदा नीरज शुक्र भन्दा ३ स्ट्रोकले पछि थिए भने उनले ब्याक नाइनमा बिर्सनलायक ४–ओभर ३८ को प्रदर्शन गरे। १०औं, १४औं र १७औं होलमा बोगी र ४–पारको १५औ होलमा डबल बोगीको सामना गरे। अन्तिम होलको बर्डीले दोस्रो स्थान प्राप्त गरे।
भुवनले ५–पारको छैटौं होलमा डबल बोगी प्रहार गरे। तेस्रो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १–अन्डर ३५ मा पुरा गरे। ब्याक नाइनमा तीन बोगी प्रहार गरे। १३औ, १४औं र १७औं होलमा एक–एक सट खेर फाले। १८औं होलमा बर्डी सहित ब्याक नाइन २–ओभर ३६ मा सकाए।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गरी कुल ४७ गल्फरको सहभागीता रहेको थियो।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ्ग म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ कल्बका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कार वितरण गरे।
प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत ६५ लाख पुरस्कार राशिको कुल आठ प्रतियोगिता हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु