नेपाल कबड्डी लिगको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार २०:१६

अखिल नेपाल कबड्डी संघले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित लिग गर्ने तयारी गरेको छ । नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाइमा गर्ने गरी संघले तयारी थालेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव अरविन्दकुमार झाले जानकारी गराए ।
भारतपछि विश्वमै नेपाल कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्ने दोश्रो राष्ट्र भएको आयोजकले जनाएको छ । त्यसका लागि आयोजक कबड्डी संघकी अध्यक्ष तुलसी थापा र एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष अमित बेगानीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु