अक्षरा कप मंगलबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार २०:२०

अक्षरा स्कुलको आयोजनामा प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ४४ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अक्षराकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन् । ब्वाइज÷गल्र्समा समान १६–१६ तथा मिक्स जुनियरमा १२ टिम सहभागी हुने छन् । मिक्स जुनियरमा सहभागी टिमले कम्तिमा २ गल्र्स खेलाडीलाई समावेश गर्नु पर्ने छ ।
नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ । अक्षराका इसीए कोओर्डिनेटर किरण कटुवालले नगद पुरस्कारको पनि व्यवस्था रहेको बताए । अक्षराका शैक्षिक निर्देशक विष्णुप्रसाद पनेरु र बास्केटबल प्रशिक्षक विजयकुमार खत्रीले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु