दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सूर्य नेपाल इस्टर्न ओपन सम्पन्न प्रो–एमको उपाधि शुक्रको टिमलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १४ गते, आईतवार ६:४७

धरान, माघ१३ ः नेपाल नम्बर १ प्रो शुक्रबहादुर राई र उनको टिमले आज ७०–पारको धरान गल्फ क्लबमा भएको सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ।
विजेता टिममा एमेच्योर गल्फरहरू लेफ्टिनेन्ट कर्णेल दिनेश बानियाँ, मिलन याखा र कवि थापासँग शुक्र ड्रमा परेका हुन। दिनेशले ४०, तथा मिलन र कविले ३९ अंक सहित कुल ११८ को स्कोरमा यो टिमले पहिलो स्थान हात पारेको हो।
प्रो राजेन राई र एमेच्योर श्याम तामाङ, दिवस तुलाधर र सुनिल कार्कीले कुल ११० अंकका साथ दोस्रो स्थान हात पारे। श्यामले ३९, दिवासले ३६ र सुनिलले ब्याकमा ३५ अंक जोडे। प्रो भुवन नगरकोटी तथा एमेच्योर अर्जुन सुनुवार, भटराज गुरुङ र युवराज तामाङ तेस्रो भए। तेस्रो हुने टिमले कुल १०५ अंक बनाएको थियो। १ सय ५ अंक जोड्ने क्रममा तीनैजना एमरच्योर गल्फरले समान ३५÷३५ अंक जोडे।
महिलातर्फ सुष्मा सिंहले ३४ अंक जोडेर उत्कृष्ट व्यक्तिगत अवार्ड हात पारिन। लङगेष्ट ड्राइभको उपाधि प्राकृत तामाङ र क्लोजेष्ट टु दी पिनको उपाधि मेजर आदित्य प्रताप सिंहले प्राप्त गरे।
शुक्रवार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनका शीर्ष ६ प्रो गल्फरलाई ड्रमा राखिएको थियो र नेपाल नम्बर १ प्रो शुक्रले शीर्ष तीन टोलीका लागि चिठ्ठा निकालेका थिए। एमेच्योरतर्फ तीन उत्कृष्ट स्कोर गरेका गल्फर पहिलो हुने टोलीमा थिए। यस्तै चौथो, पाँचौं र छैटौं एमेच्योर उपविजेता टोलीमा हुँदा तेस्रो हुने टिममा सातौं, आठौं र नवौं स्थानमा रहेका एमेच्योर गल्फरहरू थिए।
प्रतियोगितामा कुल ८० एमेच्योर र १६ प्रोको सहभागीता रहेको थियो। विजेताहरुलाई मेजर जनरल आशबहादुर तामाङ, डीआईजी चन्द्रकुमार खापुङ, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयश प्याकुरेल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बुले पुरस्कार वितरण गरे।
नेपाल नम्बर एक प्रो शुक्रले ५४ होलको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका थिए। उनले समग्रमा ३–अन्डर २ सय ७ को स्कोर खडा गरेका थिए। धरानकै निरज तामाङले समग्रमा २–ओभर २ सय १२ को स्कोरमा दोस्रो र भुवन नगरकोटी ३–ओभर २ सय १३ को नतिजामा तेस्रो स्थान प्राप्त गरेका थिए। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा कुल ३० प्रो र १७ एमेच्योर गल्फरको सहभागीता रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु