दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनटीए टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १४ गते, आईतवार ६:५५

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) दिनेश दाहाल स्मृति पाँचौं अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । ८ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै एनटीए समग्रमा टिम च्याम्पियन बन्यो ।
एनटीए र अल्पाइन एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा अल्पाइन ७ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ दोश्रोप भयो । तेश्रो स्थानको सनसाइन स्कुलले ६ स्वर्ण, १२ रजत र २२ कांस्य हात पा¥यो ।
डाँछीस्थित अल्पाइन एकेडेमीमा भएको प्रतियोगिताको समापनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता तेक्वान्दोका वीरबहादुर महरालाई दिनेश दाहाल स्मृति खेलकुद प्रतिभा सम्मानसहित ५ हजार नगदबाट सम्मान गरिएको थियो । खेल पत्रकार गोरखापत्रका प्रजीत शाक्य र सेतोपाटी अन्लाइनका सीताराम कोइरालालाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, प्रतियोगिता संयोजक अल्पाइन एकेडेमीका प्रिन्सिपल अनन्तराम ढकाल, तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न ३० स्पर्धामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सागलाई लक्षित गरी टेबलटेनिसको प्रशिक्षण भोलिदेखि
टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ ।‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
पुरुष÷महिलामा शीर्ष १६–१६ वरीयताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । कार्यक्रममा टेबलटेनिसलाई सहयोग गर्ने विभिन्न संस्थालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु