ललितपुर । ललितपुर सातदो बाटोस्थितरहेको पाककला प्रशिक्षणको अग्रणी संस्था आईएचएम कलेज हस्पिटालिटी म्यानेजमेन्ट विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ ।
युवाहरूलाई होटल सम्बन्धी तालिम दिएर रोजगारी दिन सफल आईएचएम कलेजले हस्पिटालिटी कुलनरी आर्ट्स (परिकार बनाउने)अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरू सञ्चालन गर्दै आएको छ।
पाककला सम्बन्धी ६ महिने कोर्षको पठन पाठन हुँदै आएको यस आईएचएममा कमर्सियल कुकरी,ब्रेकरी,पिजा मेकिङ,कफी मेकिङ,(बारिस्टा ट्रेनिङ) हाउस किपीङ,फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस,हस्पिटालिटी म्यानेजमेन्टको कोर्षमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
कोर्ष अध्ययन पस्चात हासिल हुने शिपले रोजगारीको लागि त्यसै भौँतारिरहनु नपर्ने तर्क पेश गर्दै उक्त पास आउट भएका अधिकांश विद्यार्थीहरूले स्वदेश एवम् विदेश स्थित स्तरीय होटल रेष्टुराँहरूमा रोजगारी पाएको कलेजका सीईओ सुराच प्रसाईले जानकारी दिनु भयो ।