दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १५ गते, सोमबार ६:३९

काठमाडौ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आईतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएको छ ।
काठमाण्डौको सामाखुसीमा आयोजित एक समारोहविच काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उपप्रमुख डंगोलले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाईदा पुग्ने बताउनुभयो । खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरबृद्धिमा स्पोर्टस् एकडेमीले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गर्नुभयो ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा एकेडेमीका सल्लाहकार तथा पुर्व प्रदेश सभासद मोहन रेग्मी, उपाध्यक्ष तेजबिक्रम बस्नेत, उपमहासचिब सुवर्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १५ वटा टिमको सहभागिता रहेको छ ।
एकेडेमीले वार्षिक कार्ययोजना अनुसार देशभर विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । अध्यक्ष आचार्यका अनुसार यस लगत्तै मधेस प्रदेशका विभिन्न जिल्लामा कुस्ती, फुटसल, टग अफ वार, हक्की, बागमती प्रदेशको काठमाडौमा अन्तर विश्व विद्यालय स्तरीय भलिबल, राष्ट्रिय फुल कन्ट्याक्ट कराँते, प्रदेशस्तरीय तेक्वान्दो लगायतका प्रतियोगिताहरु आयोजना हुँदैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु