एक्सेल्सियर कप आजदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १५ गते, सोमबार ०६:५६

फुटबल र बास्केटबललाई समेट्दै द एक्सिेल्सियर स्कुलको आयोजनामा १० औं एक्सेल्सियर कप सोमबारदेखि हुने भएको छ ।
प्रतियोगिताअन्तर्गत फाइभ ए साइड फुटबलमा विभिन्न ३ उमेरसमूहको प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी हुने छन् ।
सिनियर ब्वाइज बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा समान १२–१२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए ।
प्रिन्सिपल रजकले प्रतिभावान जुनियर खेलाडीको पहिचान गर्न प्रतियोगिताले मद्दत पु¥याउने बताउदै विद्यार्थीलाई शिक्षासंगै हरेक क्षेत्रमा क्रियाशिल बनाउन प्रतियोगिता आयोजना गर्दै आएको बताए । माघ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु