उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

सरोकारवाला तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १५ गते, सोमबार १४:११

भूमिकला पौडेल
अपाङ्गता अधिकार तथा सञ्चारकर्मी

स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा “सरोकारवाला तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम” राजधानीमा सम्पन्न भएको छ । विश्व उपेक्षित उष्णप्रदेशीय रोग तथा ७१ औं विश्व कुष्ठरोग दिवसको संदर्भमा “उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” तथा “बिट लेप्रोसी” अर्थात “कुष्ठरोगलाई हराउनुहोस्” भन्ने नाराका साथ सम्बन्धित सबै सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउँन तथा यस सम्बन्धमा सचेतना जगाउनका लागि सो अन्तरक्रियाको आयोजना गरिएको हो ।
अन्तरक्रियामा विश्व उपेक्षित उष्णप्रदेशीय रोग सम्बन्धी कार्यक्रमको प्रश्तुतीकरण इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र प्रसाद मरासिनीले गर्नुभयो भने कुष्ठरोगको वर्तमान अवस्था तथा कार्यक्रम सम्बन्धी प्रश्तुतीकरण कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा. प्रशन्न नापितले गर्नु भएको थियो । अन्तरक्रियामा कुष्ठ प्रभावित व्यक्तिहरूको सफलताको कथा सम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको थियो ।
सो अन्तरक्रियामा सहभागि व्यक्तित्वहरूले आफ्नो मन्तव्यका क्रममाः उपेक्षित उष्णप्रदेशीय रोग तथा कुष्ठरोग नियन्त्रण गर्न, निर्मुल पार्न तथा यसबाट प्रभावितहरू व्यक्तिहरूका लागि काम गर्न सरकारीस्तरबाट मात्रै संभव नहुने हुनाले यसका लागि सबै क्षेत्रको सहयोग तथा हातेमालोको आवश्यकता रहेकोमा जोडदिनु हुँदै यो दिवसले अब वर्षदिन भरि काम गर्नका लागि झक्झक्याई रहने बताउनु भयो ।
अन्तरक्रियामा स्वास्थ्य क्षेत्रका सरकारी प्रतिनिधीहरू, उपेक्षित उष्णप्रदेशीय रोग तथा कुष्ठरोगको क्षेत्रमा काम गर्ने व्यक्तिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधीहरू, कुष्ठ प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरू, सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा खुला छलफल सत्रमा सहभागिहरूले आ–आफ्नो विचार व्यक्त गर्नु भयो भने अन्तर्राष्ट्रिय क्षेत्रको तर्फबाट विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधी डा. राजेश संभजिराओ पाण्डवले आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै “यसपालिको नाराले भने जस्तै यस क्षेत्रमा सफलता प्राप्त गर्नका लागि सबैको साथसहयोगको जरूरत” रहेको बताउनु भयो ।
सो अन्तरक्रियामास्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्राको अध्यक्षता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक प्रसाद बाराकोटीको प्रमुख अभिभावकत्वमा सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु