दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

येचु हेयर आयलको प्रस्तुती ‘के टाउन रनवे २०२४’ को प्रथम अडिसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १५ गते, सोमबार १६:१७

काठमाण्डौं । यचु हेयर आयल प्रस्तुतकर्ता रहेको ‘के टाउन रनवे (२०२४’ को प्रथम अडिसन सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा काठमाण्डौंको ठमेल स्थित छायाँ सेन्टरमा रहेको क्लव प्ले ब्वाईमा शनिवार उक्त अडिसन सम्पन्न भएको हो । बरिष्ठ संचारकर्मी सरोज ओझा, बरिष्ठ सौन्दर्यविद् रुष्का वैद्य श्रेष्ठ, यचु हेयर आयलका सिईओ उज्जवल मानन्धर, फेसन डिजाईनर दुर्गा विष्ट र फेटोग्राफर पविन्द्र श्रेष्ठ निर्णायक रहनु भएको उक्त अडिसनमा कुल २३ मोडलहरु सहभागी थिए । सहभागी मोडलहरुले र्याम्प वाकसहित अडिसन दिएका छन् । मोडलिङ्ग क्षेत्रमा नाम कमाएका मोडलहरु समेतले अडिसनमा भाग लिएको जानकारी दिदै निर्णायक सरोज ओझाले भन्नुभयो ‘र्याम्प वाक, प्रस्तुती र व्यक्तित्वका आधारमा अडिसनबाट अर्को चरणका लागि प्रतिस्पर्धीहरु छानिएको छ’।

के टाउन रनवे २०२४ को दोस्रो अडिसन आउँदो शनिवार हुँदैछ । उक्त फेसन शोमा नेपाल मै उत्पदित येचु हेयर तेल र जोय कस्मेटिकका ब्रान्डसँगै क्यास्तोलो पश्मिनाको डिजाइन प्रस्तुती राख्नेगरि यो कार्यक्रम १४फ्रबुअरीको रात्रिकालमा गरिने एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले जानकारी दिनुभयो । प्रतियोगितामा मोडलहरु र्याम्पमा उत्रिएर प्रस्तुत हुने उहाँले बताउनुभयो । यचु हेयर आयलको प्रस्तुतीमा आयोजित यस प्रतियोगिताको अफिसियल ब्राण्ड पार्टनरमा जोय कस्मेटिक नेपाल , ईभेण्ट पार्टनरमा क्लव प्ले ब्वाई र सहयोगी साझेदारमा क्यास्तोलो पश्मिना रहेका छन् ।

के टाउन रनवेको आयोजक कंपनी एल एण्ड एन मोडल एजेन्सीले नेपालमा अन्तराष्ट्रि«य स्तरका कार्यक्रम पस्कदै आएको छ । एल एण्ड एनले दुई महिना अघि मात्रै भारतको चर्चित रियालिटी शो सा रे गा मा प २००३ ,स्टार प्लस म्युजिक का माहामुकाब्ला २००७ र इन्डियन आइडल २०२३ एवम् बलिउडमा दर्जनौ भन्दा बढी गित संगीत दिएका चर्चित गायक बिनित सिंहलाई नेपाल झिकाएर कार्यक्रम गरेको थियो । त्यसअघि यस एजेन्सीले नेपालमै बम्बे भाईकिङ्ग, तेरा भाई जेड बि आदी स्तरिय कार्यक्रम पस्किसकेको छ भने हालसम्ममा दर्जनौं ईभेण्टहरुको सफल आयोजना गरेकोे छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु