एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

हिमालयनले उचाल्यो उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १७ गते, बुधबार ०६:५६

काठमाडौ । काठमाण्डौमा सम्पन्न मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिताको उपाधी हिमालयन फुटसल क्लवले उचालेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आईतबारदेखि सुरु भएको उक्त प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा पेनाल्टी सुट आउटमा माहिन फुटसल क्लवलाई हराउदै हिमालयनले उपाधि जितेको हो । उपाधीसंगै हिमालयनले एक लाख ५० हजार नगद र शिल्ड प्राप्त गर्यो ।
पेनाल्टी सुट आउटमा हिमालयनले तीन र माहिनले दुई गोल गरेका थिए । उपविजेता माहिनले ७५ हजार रुपैया र शिल्ड प्राप्त गर्यो ।
विजेता तथा उपविजेता टिमलाई पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री एबं नेकपा एमालेका नेता आनन्द पोखरलले पुरस्कार तथा शिल्ड प्रदान गरे ।
सो अवसरमा पूर्वमन्त्री पोखरेलले खेलकुदले समाजमा बहुआयामिक महत्व बोकेको चर्चा गर्दै एकेडेमीका खेल गतविधि प्रशंसनिय रहेको बताए ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा पूर्ब प्रदेश सभासद मोहन रेग्मी, एकेडेमीका सुवर्ण श्रेष्ठ, उत्तमकुमार राउतलगायतले बोलेका थिए । कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार प्रतियोगितामा देशभरका १५ वटा टिम सहभागिता थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु