देशभर पश्चिमी वायुको समान्य प्रभाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १७ गते, बुधबार ०७:२०

काठमाडौं, माघ १७ । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदलीको अवस्था रहने छ। उक्त आंशिक बदलीले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु