एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

Laureates and Leaders for Children को शिखर सम्मलेन तयारीमा सत्यार्थी नेपालमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १७ गते, बुधबार २०:५१

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मिति २०८० फागुन २७ देखि २९ (2024 March 10-12) सम्म लुम्बिनीमा हुने Laureates and Leaders for Children: Development and Peace Summit को पूर्व तयारीको सन्दर्भमा Laureates and Leaders for Children को अन्तरार्ष्ट्रिय सचिवालय Kailash Satyarthi Children Foundation, (KSCF) अमेरिकाका संस्थापक तथा Nobel Peace Prize विजेता कैलाश सत्यार्थी Laureates and Leaders for Children को चौंथो शिखर सम्मलेनको तयारीको पूर्व संध्यामा मिति २०८० माघ १४ गते नेपाल आउनु भएको छ ।

दुई दिनसम्म लुम्बिनीमा हुने Laureates and Leaders for Children: Development and Peace Summit मा करिव ३० जना विभिन्न राष्ट्रका सरकार प्रमुख सहित विश्वका राजनीतिक नेतृत्व तथा नोबेल पुरस्कार प्राप्त अति विशिष्ट सहभागिका साथ राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय गरी करिव ३०० जना सहभागीहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा बालबालिका केन्द्रित रही विकासका विविध आयाममा छलफल तथा अन्तरक्रिया गरिनेछ । उक्त सम्मेलनको पूर्व तयारी स्वरुप नेपाल आउनु भएका सत्यार्थीले नेपालका राजनितिक दलका नेतृत्व तह र सरोकार मन्त्रालय पदाधिकारीहरुसंग भेट गर्नुभयो ।

उहाँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा केपी शर्मा ओली , उपप्रधानमन्त्री पुर्णबहादुर खडका , अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद,लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसगँ भेटघाट तथा छलफल गर्नुभएको थियो । कोडिनेसनको काम बालकृष्ण पाण्डेले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु