” रुद्राक्ष ब्यवसायी संघद्धारा शुभकामना कार्यक्रम आयोजना “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १८ गते, बिहीबार १९:२५

माघ-१८ गते रुद्राक्ष ब्यवसायी संधद्धारा विभिन्न बस्तुगत संघका पदाधिकारीहरुको एक भेला गरि निर्यात ब्यवसायी महासंघद्धारा वितरण गरिएको सम्मान पत्रबाट सम्मानित हुने ब्यक्तिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गर्‍यो ।

निर्यात ब्यवसायी महासंघद्धारा नेपाली उत्पादन लाई निर्यात गर्ने बिभिन्न संघ संगठनका ब्यक्ति बिशेषलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा सम्मानित ब्यक्तिहरुलाई बधाई तथा शुभकामना एवं भेटघाट कार्यक्रम रुद्राक्ष ब्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री मनोज कुमार चाँपागाईको अध्यक्षता एवं उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य शिव घिमिरेको प्रमुख अतित्थ्यतामा सम्पन्न भएको भयो ।

कार्यक्रममा अतिथिहरु कुचो संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राज कुमार कार्की, नेपाल अदुवा संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का, नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहाल, नेपाल अलैची संघका बरिष्ठ उपाध्यक्ष इन्द्र (चन्द्र) अग्रवाल साथै बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रह्यो ।साथै रुद्राक्ष ब्यवसायी संघका पदाधिकारीहरु, सल्लहाकारहरु एवं बिदेश बिभाग प्रमुख अनिस अग्रवाल सहितको उपस्थितिमा भएको कार्यक्रममा निर्यात महासंघले सम्मान गरेका ब्याक्तित्वहरुलाई रुद्राक्ष ब्यवसायी सालिकराम थापा, कुचो ब्यवसायी संजिब शाह, अलैची ब्यवसायी इन्द्र (चन्द्र) अग्रवाललाई प्रमुख अतिथि शिब घिमिरेले रुद्राक्ष माला लगाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा अतिथीहरुले सबै सम्मानित ब्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिदै आफ्नो धारण राख्नु भएको थियो ।नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले रुद्राक्ष ब्यवसायी संघले यस कार्यक्रमको आयोजना गरि सबैलाई एकठाँउमा भेला गरेकोमा संघका अध्यक्ष मनोज कुमार चाँपागाईलाई बिशेष धन्यवाद दिंदै रुद्राक्षलाई चिनाउन र महासंघसम्म पुर्‍याउन अध्यक्ष चाँपागाईको ठूलो भुमिका रहेको बताउँदै प्रसंश गर्नु भयो। कार्यक्रममा बोल्ने क्रममा अदुवा संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्काले सम्पूर्ण ब्यवसायीहरु एक जुट भई संघका मातहतद्धारा ब्यवसायमा हुने बिभिन्न असहजताहरु समधान गर्दै सरोकार निकायहरुमा आफ्ना समस्यहरुलाई राख्नु पर्नेमा जोड दिनु भयो भने कुचो संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राज कुमार कार्कीले सम्मानित सबैलाई बधाई तथा शुभकामना दिदै रुद्राक्षलाई महासंघसम्म पुर्‍याउन र चिनाउनलाई रुद्राक्ष ब्यवसायी संघका केन्द्रीय अध्यक्ष मनोज कुमार चाँपागाईको ठूलो भुमिका रहेको र रुद्राक्ष अलैंची, कुचो, अदुवा र डेरी एकै प्रकृतिका किसानसँग जोडिएको ब्यवसाय भएकोले मिलेर अघाडी बढ्नु पर्नेमा जोड दिनु भयो। सम्मानित हुनेहरु मध्येबाट रुद्राक्ष ब्यवसायी संघका सालिकराम थापाले रुद्राक्ष ब्यवसायले धेरैजनाको जिबनमा आर्थिक सुधार भएको धारण राख्दै आफूलाई सम्मान गर्नु भएकोमा धन्यवाद दिनु भयो भने अलैंची ब्यवसायी इन्द्र (चन्द्र) अग्रवालले पनि सम्मानित हुन पाएकोमा धन्यवाद ज्ञापन दिंदै निर्यातमा अरु थप जोड दिई नेपाली अलैंचीले बिश्व बजारमा राम्रो प्रभाव पारेको र यसलाई ब्यवस्थित गर्नु पर्ने कुरामा जोड दिंदै अलैंची आज यहाँसम्म पुग्नुमा नेपाल अलैंची संघका निबर्तामान अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राज कुमार कार्कीको ठूलो भुमिका रहेको कुरा बताए ।

अन्तिममा प्रमुख अतिथि शिव घिमिरेले रुद्राक्ष जस्तो पवित्र धार्मिक बस्तुलाई धारन गर्न पाउँदा हामी उपस्थित सबै अत्यन्तै पवित्र भएको र यहि रुद्राक्षको माला र ब्रास्लेट धारन गरेको समयमै थप शक्ति प्राप्त भइ ब्यवसायहरुमा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न आफूले नेतृत्वदायी भुमिका खेल्ने वाचा गर्दै आगामी दिनमा पनि यस्तै किसिमका कार्यक्रम आयोजन गर्न सबैलाई आग्रह गरे। कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष मनोज कुमार चाँपागाईले एकै प्रकृतिका बिभिन्न बस्तुगत संघका पदाधिकारीहरु आफ्नो निम्तोलाई स्वीकार गरि उपस्थित भइ हौसला प्रदान गर्नु भएकोमा सबैलाई बिशेष धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु