नेपाल डेरी एसोसिएसनको गायत्री डेरी हेटौंडा सम्मानित”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १८ गते, बिहीबार २०:०४

माघ – १८, नेपाल निर्यात ब्यवसायी महासंघद्धारा सबैभन्दा बढी नेपाली उत्पादनलाई निर्यात गर्ने बिभिन्न संघ संगठनले सिफारिस गरेका उद्योगलाई आफ्नो स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको थियो । सोहि अवसरमा यस वर्ष एसोसिएसनको तर्फबाट सबैभन्दा बढी छुर्पी निर्यात गर्ने नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य एवं छुर्पी चीज उपसमितिका संयोजक निराजन कोईराला, गायत्री डेरी उद्योग प्र.लिलाई सम्मानको लागि सिफारिस गरिएको जानकारी नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले गराए ।

महासंघको चौथो वार्षिक साधारणसभाको पावन अवसरमा माननीय अर्थ मन्त्री प्रकाशसरण महतले सम्मान पत्र वितरण गरेका थिए । आफ्नो बोल्ने क्रममा अरुकोभन्दा फरक बस्तु मात्र निर्यात गर्न सजिलो, भने जति मुल्य लिन पाउने र सहज पनि हुने हुँदा अरुको नक्कल गरेरभन्दा पनि अलि युनिक बस्तुहरु निर्यात गर्न लाग्नु पर्ने कुरा मन्त्री महतले बताए ।

छुर्पी नेपालको मौलिक उत्पादन हो र यसको प्रबर्द्धन गर्न सक्दा नेपालमा यसको राम्रो सम्भावना भएको, यसले सजिलै विदेश मुद्रा भित्र्याउने, रोजगारीको सृजना हुने, दुध खपत बढाउन सहज हुने हुँदा हामीले नेपाल डेरी एसोसिएसन मार्फत छुर्पीको प्याट्र्न राइट लिने कुरा धेरै पहिला उठाएकोले यसमा तत्काल राज्यले चासो लिई अगाडि बढ्नुपर्ने कुरा सम्मानित गायत्री डेरीका संचालक निराजन कोइरालाले बताए । छुर्पीको प्याट्र्न राइट लिन सक्दा त्यसको रोयल्टीले पनि नेपाललाई धेरै फाइदा पुग्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु