दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १८ गते, बिहीबार २०:१४

काठमाडौं, १८ माघ । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ ।
मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष मेहराज ढकालले गरेका हुन् ।
मेला यहि माघ १८ बाटसुरु भई फागुन १८ आर्थत एक महिना चल्ने आयोजकले जनाएको छ ।
मेलामा १४ यद्योगका ३० भन्दा बढि ब्राण्डका तीन हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल प्रदर्शनीमा राखिएको छ ।
नेपाली ब्राण्डका जुत्ताको प्रचार÷प्रचार गरि आम उपभोक्ता माझ पुर्याउने मुल उद्वेश्यले विवाह तथा जाडोलाई समेत लक्षित गरि महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिकलागायत सबै उमेर समूहका उपभोक्ता÷प्रयोगकर्तालाई आकर्षक डिजाइनका जुत्ता चप्पल मेलामा राखिएको छ । करिब एक सयभन्दा बढि स्टलहरुमा नेपाली ब्राण्डका जुत्ता चप्पल सजिसजावट गरि राखिएको छ ।
एउटै छानामुनी सबै उमेर समुहलाई सुहाउँदो १४ यद्योगका ३० भन्दा बढि ब्राण्डका तीन हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल कारखानाकै मुल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्थासमेत गरेको आयोजकले जनाएको छ ।


यो मेलामा चावहिल, गौशला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखुलगायत वरपरका सबैक्षेत्रका आम उपभोक्तालाई जोड्ने मुख्य लक्ष्य राखि प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको आयोकले जनाएको छ ।

विगतमा पनि देशभर विभिन्न स्थानहरुमा नेपाली जुत्ता चप्पलको मेला महोत्सव गर्दै आएको जुत्ता चप्पल उद्योगीहरुले यस वर्ष पनि विभिन्न स्थानमा जुत्ता चप्पल मेला आयोजना गरिरहेका छन् ।
नेपाली जुत्ता चप्पल उप्पादन गरि स्वदेशी वस्तुको प्रयोगमा फुटवयर क्षेत्रको उल्लेखनिय योगदान रहेको छ । नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ता चप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईले बताए । उत्पादन क्षमता वार्षिक १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको तर बिक्री भने जम्मा ६ करोड मात्र रहेको उनले जानकारी दिए । अझै यसलाई बजारी करणका लागि विभिन्न स्थानहरुमा प्रदर्शनी तथा मेला गर्नु परेको उनको भनाई छ । उनले राज्यले व्यवसायीलाई संकट परेको बेला नीति बनाई विशेष प्याकेज ल्याउनु पर्नेमा उल्टो अपराधी जस्तो व्यवहार गरेको आरोप लगाए ।

मेलमा सुरभी पोलिमर्श कम्पनीका हाई लाइफ, पवित्र शु इण्डष्ट्रिजका शु ल्याण्ड, फुट फेशनका बेली, बोस शुज कलेक्शनका बोस शुज, वेलकम शुज कलेक्शनका आइडल, फुटमाण्डु शुजका भेनस, नमस्ते फुटवयरका सिल्स, हिमानी कलेक्सनका हिमानी, सुबोध एण्ड सुस्मिता ट्रेडस्का वन वल्र्ड, बज्र फुटवयर इण्डष्ट्रिजका कोसेली, रन शुज इण्डष्ट्रिजका रन शुज, शिखर शुज इण्डष्ट्रिजका शिखर शुज, पारागन फुटवयर इण्डष्ट्रिजका पिजी शुज, नियशा शुज इण्डष्ट्रिजका ब्याम्बो शुज लगायतको कम्पनी तथा ब्राण्डका रहेका छन् ।

एक मिहिने मेलामा करिब ५ करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोर भन्दा बढि जुत्ता चप्पल बिक्रि हुने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु