नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

भ्याली पब्लिकमा इन्डोर कभर्डहलको उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १८ गते, बिहीबार २०:५६

काठमाडौं, माघ १८ गते ।
भंगालस्थित भ्याली पब्लिक माविमा बहुउद्देश्यीय इन्डोर कभर्डहलको बिहीबार उद्घाटन गरिएको छ । भ्याली पब्लिकका सह–संस्थापक सक्रिय अधिकारीले एक कार्यक्रमबीच कभर्डहलको उद्घाटन गरे ।
सक्रियकै अग्रसरता र योजनामा कभर्डहल निर्माण गरिएको हो । करिब १ करोड २२ लाख लागतमा कभर्डहल तयार भएको जनाइएको छ । कभर्डहलमा बास्केटबल, फुटसल, ब्याडमिन्टनलगायतका खेल खेल्न सकिने भ्याली पब्लिकका खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जनाएका छन् ।
भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले वर्खायाममा पनि प्रतियोगिता सञ्चालन गर्न र विद्यार्थीलाई विभिन्न खेलको प्रशिक्षण गराउन सहज होस् भन्ने उद्देश्यले इन्डोर कभर्डहल निर्माण गरिएको बताए ।
उद्घाटनका अवसरमा भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन विभाग प्रमुख महेश अधिकारी, भद्रकाली स्कुलकी प्रिन्सिपल अनिता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु