काठमाडौं, माघ १९ गते ।आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले न्यु जेनिथलाई २६–७ ले पराजित ग¥यो । एक्सेल्सियरको जितमा अकिना गुरुङले १२ अंक योगदान गरिन् । रिहाना पाण्डेको ७ अंक सहयोगमा काष्ठमण्डपले ज्ञानोदय बालवाटिकालाई २४–३ ले हरायो ।
सिनियर ब्वाइजमा पुष्पसदनले एक्सेल्सियरलाई ४१–२७ तथा जेनिथले टीआईएलाई ५०–२७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुष्पसदनका मनीष गुरुङले १३ तथा जेनिथका प्रज्ज्वल बस्नेतले १८ स्कोर गरे । ब्वाइज÷गल्र्स दुवैको बाँकी क्वाटरफाइनल शनिबार हुनेछ ।
ब्वाइज फुटसल ः क्वाटरफाइनल समीकरण तयार
द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको तीनै उमेरसमूहको प्रतिस्पर्धामा क्वाटरफाइनल समीकरण तयार भएको छ ।
यु–१२ मा किड्स लर्निङले मोर्डन इन्डियन, सेक्रेड हार्टले बृहस्पति विद्या सदन, रेडिअन्ट पब्लिकले रिब्स र द चाँदबागले एलआरआई विरुद्ध खेल्ने छन् ।
यु–१३ मा न्यु एराले बृहस्पति, रेडिअन्ट पब्लिकले निसर्ग वाटिका, काष्ठमण्डपले सेक्रेड हार्ट र चाँदबागले निर्भानाको सामना गर्ने छन् । यु–१६ को क्वाटरफाइनल निसर्ग वाटिका र एक्सेल्सियर ‘रातो’, संस्कृति र न्यु एरा, ग्रिनफिल्ड र चेल्सी वल्र्ड स्कुल तथा काष्ठमण्डप र एक्सेल्सियर ‘पहेलो’ बीच हुनेछ ।