दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निरेश र इच्छालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २० गते, शनिबार ६:३७

युनिर्भसलका निरेश गौतम र आरुणीकी इच्छा चापागाईंले एनप्याब्सन खेलकुद सप्ताहको टेबलटेनिसमा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा निरेश र गल्र्समा इच्छा पहिलो भएका हुन् ।
धुम्बाराहीस्थित युनिभर्सलमा भएको ब्वाइज सिंगल्स फाइनलमा निरेशले फ्युचर स्टारका विजय थापा मगरलाई ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे । ग्रिन लन्स एकेडेमीका सुयोग रजक र आरुणीका प्रभास थापा तेश्रा भए ।
नेसनल प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा इच्छाले आफ्नै स्कुलकी कृतिका अर्याललाई ८–११, ११–६ र ११–७ को सेटमा हराइन् । पिक प्वाइन्टकी विष्णुकुमार मगर र युनिभर्सलकी प्रशंसा बुढाथोकी तेश्रो बने ।
प्रतियोगितामा विभिन्न २२ विद्यालयका ४० ब्वाइज तथा १५ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेको टेबलटेनिसका संयोजक विजय खरेलले जनाएका छन् । दुई सिंगल्स स्पर्धामा खेल भएको थियो ।
विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत आइतबार एथलेटिक्स र टग अफ वार हुने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु