दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ब्याडमिन्टन टोली श्रीलंका प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २० गते, शनिबार ६:४१

श्रीलंकामा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन ब्याडमिन्टन खेलाडी शुक्रबार श्रीलंकाको गल प्रस्थान गरेको छ ।
फेब्रुअरी ५ देखि ११ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल सिरिजमा प्रिन्स, रशिला, रिहानासहित अभय महरा र कविर केसीले सहभागिता जनाउने छन् । रिहाना भने श्रीलंकामै प्रशिक्षणरत छिन् ।
टोलीलाई सफताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव प्रकाशकुमार कसारीले एक कार्यक्रमबीच बिदाइ गरे ।
फुटसल टोलीको स्वागत
ब्गकतचबष्बि को न्यमि अयकत क्ष्लतभचलबतष्यलबि ँगतकब ित्यगचलबmभलत द्दण्द्दद्ध मा भएको खेलमा नेपालको तर्फवाट ब्लनभकि’ क्अजयय िका फुटवल कल्वका खेलाडीहरू सहभागी भई उत्कृस्ट प्रर्दशन गरी सकुशल नेपाल फर्किएका उपलक्ष्यमा वागमति प्रदेश सभासद मा।शैलेन्द्रमान वज्रचार्य ज्यूको प्रमुख आतिथ्यता,विशिष्ट अतिथीहरूमा बरिष्ठ सफल पत्रकार सरल गुरूड।,काठमाडौ जिल्ला प्याव्सनका अध्यक्ष प्रेम कुमार राई,वरिष्ठ उपाध्यक्ष नवराज भट्ट,उपाध्यक्ष सूर्य भण्डारी,ओप्सका अध्यक्ष लोकेन्द्र वहादुर खडका,तारकेश्वर प्याव्सनका सल्लाकार घनश्याम पाण्डे लगायत विधालय परियार सहित टीमले उक्त खेलाडीहरूको सहभागी प्रमाणपत्र , सम्मान तथा स्वागत गर्नुभयो साथै अध्यक्ष लिल वहादुर पुन र प्रमुख अतिथी ज्यूको हातवाट बरिष्ठ सफल पत्रकार सरल गुरूड।ज्यूलाई प्रसशा पत्र प्रदान गरी सम्मान सगै कार्यक्रम समापन भयो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु