अक्षरा कपमा अक्षरिका सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २० गते, शनिबार ०६:४५

अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा अक्षरिकाले कान्जिरोवालाई ५९–२६ ले पराजित ग¥यो । अक्षरिकाका आर्यन श्रेष्ठले १६ अंक जोडे ।
सिनियर ब्वाइजमै भ्याली पब्लिकले मोर्डन इन्डियन स्कुललाई ४८–२६ तथा शिक्षालयले द ब्रिटिस स्कुललाई २६–१६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका सुनिल पौडेलले ३३ तथा शिक्षालयका प्रिन्स थापा मगरले १२ अंक जोडे ।
सिनियर गल्र्समा बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले निस्टलाई २७–२१, शिक्षालयले न्यु स्टार पोललाई ५–४ र नेमोनिकले मनाङ्कलाई २५–२४ ले पाखा लगाए । बीआईएसकी डिकी शेर्पाले १२, शिक्षालयकी जस्मिना थापा मगरले ३ र नेमोरिककी सुजाता चौलागाईंले ८ स्कोर गरे ।
प्रतियोगिताअन्तर्गत शनिबार खेल हुने छैन । आइतबार मिक्स जुनियरको मात्र प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु