काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

रेडिअन्ट पब्लिक सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २० गते, शनिबार १९:१७

काठमाडौं, माघ २० गते ।रेडिअन्ट पब्लिक १० औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा रेडिअन्टले एनआईसी एकेडेमीलाई ४८–२४ ले पराजित ग¥यो । रेडिअन्टका रोहित चौधरीले २० अंक जोडे । सिनियर ब्वाइजमै ग्रिनफिल्डले स्वर्णिमलाई २६–१७ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १० अंक जोडे । सेमिफाइनलमा ग्रिनफिल्डको भेट जेनिथसंग हुनेछ भने रेडिअन्टले पुष्पसदनको सामना गर्ने छ ।
सिनियर गल्र्समा रिब्सले रेडिअन्ट पब्लिकलाई १३–११ तथा संस्कृतिले स्वर्णिमलाई १८–८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । रिब्सकी सुप्रिया मल्लले ४ तथा संस्कृतिकी एन्जल शाहीले ८ स्कोर गरे । सेमिफाइनल रिब्स र आयोजक एक्सेल्सियर तथा संस्कृति र काष्ठमण्डपबीच हुनेछ ।
ब्वाइज फुटसल ः
द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१२ मा बृहस्पति विद्या सदनले सेक्रेड हार्टलाई १–०, द चाँदबागले एलआरआईलाई ४–०, रेडिअन्ट पब्लिकले रिब्सलाई १–० तथा मोर्डन इन्डियन स्कुलले किड्स लर्निङलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरी सेमिफाइनल यात्रा तय गरे ।
यु–१३ मा रेडिअन्ट पब्लिकले निसर्ग वाटिकालाई २–०, निर्भाना एकेडेमीले चाँदबागलाई ३–०, काष्ठमण्डपले सेक्रेड हार्टलाई ४–० र बृहस्पतिले न्यु एरालाई ३–० ले हराउदै सेमिफाइनलमा स्थान बनाए ।
यु–१६ मा ग्रिनफिल्डले चेल्सी वल्र्ड स्कुललाई ५–१, काष्ठमण्डपले एक्सेल्सियर ‘पहेलो’ लाई ६–०, न्यु एराले संस्कृतिलाई ४–१ र एक्सेल्सियर ‘रातो’ ले निसर्ग वाटिकालाई ४–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु