पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

चलचित्र ‘उपहार’को ‘हारेको छैन’ बोलको शीर्ष गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २० गते, शनिबार १९:५८

काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको रेखा थापा स्टारर चलचित्र ‘उपहार’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘हारेको छैन’ बोलको यो गीतमा अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको शब्द र रविन भुसालको स्वर छ ।

यो मर्मस्पर्शी गीतमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन् । रेखासहित मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा र सुष्मा कार्कीलाई गीतमा देखाइएको छ ।

गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु