आजको विदेशी मुद्राको विनिमय दर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २१ गते, आईतवार ०७:४५

काठमाडौं, माघ २१ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ सात रुपैयाँ रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६८ पैस रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ सात पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु