देशभर पश्चिमी वायुको प्रभाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २१ गते, आईतवार ०७:५०

काठमाडौं, माघ २१ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशभरको मौसमम आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु