तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

उज्यालो टाईम्स मिडियाको फेलोसिप तथा अवलोकन भ्रमण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २१ गते, आईतवार १०:४९

गोलाघाट/उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को बार्षिक कार्यक्रम अन्तर्गत भरतपुर–२८, गोलाघाटस्थित नारायणी रिभर भ्यू रिसोर्टमा फेलोसिपसँगै पश्चिम चितवनका पर्यटकीय स्थलहरुको अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा गोलाघाटमा सम्पन्न फेलोसिप कार्यक्रमले मिडियाको बार्षिक रुपमा भएका गतिविधिहरुको समिक्षासँगै भावी योजनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा उज्यालो टाईम्सको आयोजना भएको उज्यालो तिहार कार्यक्रमको आम्दानी खर्चको समेत जानकारी, कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउनु भएका मुख्य प्रायोजक, सह–प्रायोजक, प्रायोजक, अन्य सहयोगी संस्थाहरु लगायतलाई समेत धन्यवाद व्यक्त गरिएको थियो ।
फेलोसिप कार्यक्रममा भरतपुर–२८, गोलाघाटस्थित नारायणी रिभर भ्यू रिसोर्टका सञ्चालक सुशिल कुमाललाई मिडियाको तर्फबाट सम्मान समेत गरिएको थियो ।
फेलोसिप कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्ट, उज्यालो टाईम्सका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, निर्देशकहरु कपिल सागर कर्माचार्य, राजकुमार श्रेष्ठ, सुकदेव काप्री (विकास), महिला उद्यमीहरु सुनिता लिगल कर्माचार्य, राधा शर्मा, लुना पाण्डे भट्ट, सञ्जु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु