एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष केसीलाई पितृ शोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २१ गते, आईतवार १९:०६

काठमाडौं । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष तथा प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसीलाई पितृ शोक परेको छ ।

केसीका पुजनिय पिता मोती बहादुर केसी (हर्क बहादुर) को ९८ वर्षको उमेरमा २०८० माघ १६ गते मंगलबार चितवन स्थित निवासमै स्वर्गारोहण भएको हो ।

एनआरएनए अभियानमा करिब दुई दशकदेखि सक्रिय चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत केसीलाई पितृ शोक परेकोमा न्युज लाइन्स नेपाल डटकम परिवार हामी मर्माहित भएका छौ । शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु