काठमाडौं – माघ १०, भिक्षु डा. राजु लामा कोन्दन सन् २०२४ फेब्रुअरी १ मा अन्तरास्ट्रिय कमिसन अफ क्लचर डिप्लोम्याटिक रिलेसन ( आईसीक्रड) युनाइटेड नेशन अर्गनाइजेसनसँग सदस्यता प्राप्त संस्थाको अन्तरास्ट्रिय उपमहासचिव पदमा चयन भइ नेपाल मिशनको प्रमुख जस्तो गरिमायी पद मा चयन भएका छन ।
विश्वभर आफ्नो संजाल भएको सस्था भिक्षु डा. लामाको नेतृत्वमा नेपालका सबै तहमा बिस्तार गरिने कुरा नेपाल मिशन प्रमुख लामाले बताए । लामा सधैं सामाजिक काममा रमाउने र कसैको दु:ख देख्न नसक्ने स्वाभावका भएको, अन्तरास्ट्रिय संघ संस्थासँग राम्रो सम्बन्ध भएकोले पनि लामाको अगुवाइमा अर्गनाइजेसन अगाडि बढ्दा चाँडै गति लिने विश्वास लिन सकिन्छ ।
आन्तरिक पर्यटन बढाउन र नेपालीले आफ्नो रहनसहन, परम्परा र संस्कृती विश्वभर चिनाउनको लागि यो अन्तर्राष्ट्रिय अर्गनाइजेसनले सहयोग पुर्याउने छ । यो अर्गनाइजेसनले विश्वभरका डिप्लोम्याटसँग सम्बन्ध बिस्तार गरि नेपाल र नेपालीको पहिचान बढाउन काम गर्ने छ । साथै राष्ट्रिय र अन्तरास्ट्रिय शिक्षा,संस्कृती, परम्परा आदान प्रदान गर्ने र नेपालमा आवश्यक अरु थप योजना पनि समावेश भएकोले छिट्टै काम गरिने कुरा भिक्षु डा. लामाले जानकारी गराए ।