तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रिब्स र काष्ठमण्डप फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २२ गते, सोमबार ४:५९

रिब्स र काष्ठमण्डप १० औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
रिब्सले आयोजक द एक्सेल्सियर स्कुललाई १४–७ ले पराजित ग¥यो । रिब्सको जितमा सुजिना लामाले ६ अंक योगदान गरिन् । आस्ना अर्यालको १८ अंक सहयोगमा काष्ठमण्डपले संस्कृतिलाई ४५–१२ ले हरायो ।
सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र जेनिथले उपाधि भिडन्त पक्का गरे । रेडियन्टले पुष्पसदनलाई ६२–३३ ले पाखा लगायो । रेडियन्टका रोहित चौधरीले २८ स्कोर गरे । ग्रिनफिल्ड विरुद्धको खेलमा जेनिथ ६२–३६ ले विजयी भयो । जेनिथका अनिश गुरुङले १४ अंक बटुले ।
ब्वाइज फुटसल ः
द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा पनि उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको छ । यु–१२ मा मोर्डन इन्डियन स्कुल (एमआईएस) र बृहस्पति विद्या सदन फाइनलमा पुगे ।
एमआईएसले द चाँदबागलाई ४–० गोलले पराजित ग¥यो । एमआईएसका लागि चारै गोल रफिक महर्जनले गरे । बृहस्पतिले रेडियन्ट पब्लिकलाई २–० गोलले हरायो । बृहस्पतिका श्रीयान पौडेल र सार्थक उपाध्यायले समान १–१ गोल गरे ।
यु–१३ मा काष्ठमण्डप र रेडियन्ट पब्लिक फाइनलमा पुगे । काष्ठमण्डपले बृहस्पतिलाई ५–१ गोलले पाखा लगायो । काष्ठमण्डपका पल्लव ढकाल, सुप्रिमप्रताप बोहरा, सहज दाहाल, आरम्भ श्रेष्ठ र अनुजजंग कुँवरले समान १–१ गोल गरे । बृहस्पतिका स्नुप अधिकारीले सान्त्वना गोल गरे । रेडियन्टले निर्भाना एकेडेमीलाई २–० गोलले पन्छायो । रेडियन्टका लागि दुवै गोल प्रिन्स बिडारीले गरे ।
यु–१६ मा काष्ठमण्डप र न्यु एराबीच उपाधि भिडन्त हुने भएको छ । काष्ठमण्डपले एक्सेल्सियरमाथि २–० को जित दर्ता ग¥यो । काष्ठमण्डपका रिवाज गुरुङ र मानव सुब्बाले समान १–१ गोल गरे । न्यु एराले ग्रिनफिल्डको चुनौती टाइब्रेकरमा ३–२ गोलले समाप्त पा¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु