नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

वेब सिरिज नेपाली ‘इच्छाधारी नागिन’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २२ गते, सोमबार ०५:०५

काठमाडौं । राजु गिरिको लेखन तथा निर्देशनमा वेब सिरिज नेपाली ‘इच्छाधारी नागिन’ बन्ने भएको छ । ओएसआर सिरिज युटुब च्यानलबाट नेपाली इच्छाधारी नागिनको १ मिनेट १६ सेकेण्डको अफिसियल ट्रेलर सार्वजनिक गर्दै गिरिले यसबारे जानकारी दिएका हुन ।

यो सिरिज आँउदो फेब्रुअरीबाट आउँदै छ । यस सिरिजको पोस्ट प्रोडक्सन राजु गिरि प्रोडक्सनको रहेको छ भने प्रोडुक्सरमा काजल गिरि ,शंकर गिरि, पुर्णकला गिरि, कंगणा गिरि र सरिता गिरि रहेका छ्न । सिरिजको लेखनमा गिरि स्वयम र अम्मु कालिराज रहेका छ्न ।

त्यस्तै सिरिजको कलाकारहरुमा राजु गिरि ,सबिन बास्तोला,गिता अधिकारी ,विनोद श्रेष्ठ, देव महर्जन,ओसिन भट्टराई,चन्द्र लामा,अन्जु हमाल, संगिता शर्मा सुस्मिता र देवराज आचार्य रहेका छ्न । सिरिजको कोरियोग्राफर रामेश्वर हुमागाई रहेका छ्न भने सम्पादन श्याम राज श्रेष्ठको रहेको छ ।

यस अघि सार्वजनिक भएको ‘इच्छाधारी नागिन’को टिजरले अरु वेब सिरिजको टिजर भन्दा धेरै भ्युज पाएको छ । जसले गर्दा टिजरले नै चर्चा बटुलिरहेको छ । टिजरमा दर्शकहरुले सिरिज प्रतिक्षा गरिरहेको भन्दै कमेन्ट गरिरहेका छन । यससँगै ट्रेलर सार्वजनिक भएपछि दर्शकमा झनै उत्साह थपेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु