पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

स्पेनमा अशोक उत्कृष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २२ गते, सोमबार ०५:१२

नेपालका अशोक खड्का आइतबार स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित हुनुभएको छ ।
विश्व ओलम्पिक तेक्वान्दो महासंघको आयोजनामा फेबु्रअरी २ देखि ४ तारिखसम्म भएको यस प्रतियोगितामा अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । सो प्रतियोगितामा खेल सञ्चालन गर्ने आठ देशका १२ रेफ्रीबीच अशोक सर्वश्रेष्ठ चुनिनुभएको हो । वल्र्ड ओलम्पिक तेक्वान्दो फेडरेसन्स स्पेन च्याप्टरका अध्यक्ष भिक्टोर पिजारो बार्सेलोले अशोकलाई उत्कृष्ट रेफ्रीको ट्रफी प्रदान गर्नुभयो ।
यस महिनामात्र अशोक वल्र्ड तेक्वान्दो (डब्लुटी) बाट पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती हुनुभएको थियो । अशोकले सन् २०२१ मा ग्यारोगी विधामा पनि दोस्रो श्रेणीको रेफ्रीको मान्यता पाउनुभएको थियो । यसैगरी दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले अशोकलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकबाट सम्मान गरेको थियो । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै बिधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक पनि हुनुहुन्छ ।
विश्वका विभिन्न स्थानमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका अशोकले यसअघि दक्षिण कोरियामा भएको सोङनाम ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो २०२३, जापान ओपन तेक्वादो २०२२, अस्ट्रियन ओपन तेक्वान्दो २०२१, जर्मन ओपन २०१९ जस्ता वल्र्ड र्याकिङ प्रतियोगितामा सर्वश्रेष्ठ निर्णायकको सम्मान पाइसक्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु