नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

एपीएफ स्कूलको विजयी सुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २३ गते, मंगलवार २०:४३

काठमाडौ ।कीर्तिपुरमा जारी अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरिक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिताको दोश्रो दिन आयोजक नेपाल एपीएफ स्कूलको ख टिम र मनकामना सेकेण्डरी स्कूल ले सुरुवात गरेका छन् ।

मंगलबार सम्पन्न दिनको पहिलो खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर ख टिमले पुष्पसदन स्कूलमाथि ४-० को एकपक्षीय जित दर्ता गर्यो । एपीएफका लागि विकेन खत्रीले ह्याट्रिक पूरा गर्दा विवेकानन्द कुशवाहले १ गोल गरे । खत्री सो खेलमा म्यान अफ दि म्याच चुनिए ।

यसैगरी मंगलबार नै सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीले डीएभी स्कूल जावलाखेलको चुनाैती ४-० ले पन्छायो । मनकामना सेकेण्डरी स्कूलका लागि सुनिल डंगोलले २ तथा अनिश डंगोल र रविन तामाङले समान १-१ गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार नेपालय पब्लिक इंग्लिश स्कूल, जोरपाटीले हारती शिक्षा मन्दिर सितापाइलाको सामना गर्नेछ भने ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरले जेम्स स्कूल धापाखेलको चुनाैती सामना गर्ने तालिका रहेको छ ।

प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न खेलहरूमा क्रमश लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर र सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरले विजयी भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु