भ्याली पब्लिक ह्याट्रिक उपाधिनजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २४ गते, बुधबार ०५:०६

काठमाडौं ।भ्याली पब्लिक प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको तीनै विधामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स तथा मिक्स जुनियरमा फाइनलमा पुग्न सफल भयो ।
अक्षरा स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले गेटवे एकेडेमीलाई ६३–५८ ले पराजित गर्दै अक्षरिकासंग फाइनल भेट पक्का ग¥यो । भ्याली पब्लिकका अनिमेश अधिकारीले ११ अंक जोडे । अक्षरिकाले शिक्षालय नेपाललाई ५३–२८ ले हरायो । अक्षरिकाका आयुश कार्कीले ११ स्कोर गरे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई ३६–१० ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले २४ स्कोर गरिन् । उपाधिका लागि भ्याली पब्लिकले नेमोनिक विरुद्ध खेल्ने छ । अर्को सेमिफाइनलमा नेमोनिकले शिक्षालय नेपालमाथि ४४–२ को आरामदायी जित दर्ता ग¥यो । नेमोनिककी खुशी तामाङले ८ अंक जोडिन् ।
जुनियर मिक्समा भ्याली पब्लिकले आयोजक अक्षराको चुनौती ४३–१२ ले समाप्त पा¥यो । भ्याली पब्लिकका विशाल परियारले १२ अंक बटुले । उपाधि भिडन्तमा भ्याली पब्लिकले आलोक विद्याश्रमको सामना गर्ने छ । आलोक विद्याश्रमले विद्या विकासको यात्रा १९–१३ ले पूर्णविराम लगायो । आलोक विद्याश्रमकी रिया कार्कीले १० अंक जोडिन् ।
काँडाघारीस्थित आयोजक अक्षरामा भइरहेको प्रतियोगिताको तीनै विधाको फाइनल बिहीबार हुनेछ । बुधबार तेश्रो स्थानका लागि खेल हुनेछ ।

भ्याली पब्लिक बास्केटबलमा क्वाटरफाइनल समीकरण पूरा

भ्याली पब्लिक स्कुलको आयोजनामा जारी १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल मंगलबार पूरा भएको छ । लिगको अन्तिम दिन सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजको क्वाटरफाइनल समीकरण तयार भएको हो ।
सिनियर ब्वाइजको क्वाटरफाइनल ग्रिनल्यान्ड र टीआईए, एलआरआई र भ्याली पब्लिक, एचएचसीए र बेम्स तथा गोल्डेनपिक र एलएबीच हुनेछ । सिनियर गल्र्सको क्वाटरफाइनलमा बीएनएले भ्याली पब्लिक ‘बी’, भ्याली पब्लिक ‘ए’ ले डाफोडिल, ग्रिनल्यान्डले सत्यसाइ र एनसीसीएसले केभीएसको सामना गर्ने छन् ।
जुनियर ब्वाइजमा हिमरश्मि र भ्याली पब्लिक, एलएनए र गोल्डेनपिक, क्यान्भास र स्किब्स तथा किङडम र डाफोडिलबीच क्वाटरफाइनल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु