तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रग्वी लिग फागुनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २४ गते, बुधबार ५:१२

काठमाडौं, माघ २३ गते । नेपाल रग्वी संघको आयोजनामा राष्ट्रिय रग्वी फिफ्टिन्स रग्वी लिग फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ ।
लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुसिलस क्लब, एपिएफ क्लब र गोर्खाली रग्वी क्लब काठमाडौंको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।
सिंगल राउन्ड लिगका आधारमा प्रतिस्पर्धा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका महासचिव गोविन्द घिमिरेले बताए ।
पाँचौं संस्करणको लिगको विजेतालाई उपाधिसँगै ७५ हजार र उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
संघले सहभागी सबै टोलीका लागि तयारी खर्च स्वरुप ५ लाख रुपैयाँ प्रदान गर्नेछ । लिगमा सहभागी टोलीले २१ देखि २६ जना खेलाडी राख्न पाउनेछ ।
जसमा विभागीय बाहेकको टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ । यसपटक गोर्खाली क्लबले पाँच जना खेलाडी राखेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु