दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

“सेन्ट जर्ज स्कुल हाँडीगाउँमा खेलकुद सप्ताह शुरु”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २४ गते, बुधबार १९:३४

काठमाडौं – माघ, २४ – सेन्ट जर्ज स्कुल , काठमाडौं -५, स्थित हाँडीगाउँमा खेलकुद कार्यक्रम विद्यालयका अध्यक्ष एवं बागमती खेलकुद परिषदका बोर्ड सदस्य प्रल्हाद दाहालको विशेष उपस्थितिमा कार्यक्रमको समुद्घाटन सम्पन्न भयो।

अध्यक्ष दाहालले खेलेर मात्र होइन हेरेर पनि खेलकुदमा सहभागिता जनाउन सकिन्छ । खेलकुदको माध्यमबाट देशलाई विश्वमा चिनाउन सकिन्छ । देशलाई चिनेका हुँदैनन् तर खेलाडीलाई विश्वले चिन्छन्। खेलकुद स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण छ ।त्यसैले सम्पूर्ण विद्यार्थीहरुले अनिवार्य खेलकुदमा भाग लिनुपर्ने कुरा बताए ।

विद्यालयका प्र.अ. मेघराज बजगाईंले विद्यार्थीहरुलाई नियमित कक्षाका साथै विद्यालयले अतिरिक्त क्रियाकलाप खेलकुदमा विशेष ध्यान दिने गरेको, हरेक वर्ष विद्यालयमा र अन्य विद्यालयमा हुने प्रतियोगितामा सहभागीता जनाउने र विद्यालयमा सबै विद्यार्थीलाई अनिवार्य कुनै न कुनै खेलमा समाबेश गराउने गरेको कुरा बताए ।

विद्यालयमा खेलकुद कार्यक्रम ४ दिनसम्म चल्नेछ । खेलकुद कार्यक्रममा बास्केटबल , फुटबल , टिटि, ब्याडमिनटन, लगायत विभिन्न खेलकुदका बिधाहरु समाबेश गरिएको छ ।
कार्यक्रम समापनपछि उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफि ,मेडल र प्रमाणपत्र वितरण गरिने कुरा विद्यालयका तेक्वान्दो शिक्षक मनोज घतानीले बताए ।कार्यक्रममा विद्यार्थीहरुले उत्सुकता पुर्वक भाग लिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु